
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा आज धुमधामका साथ वैदिक विधिद्वारा सरस्वती पूजा गरिएको छ । मन्टेश्वरी, सेकेन्डरी र कलेजमा छुट्टाछुट्टै मूर्ति स्थापना गरि सरस्वतीको पूजा गरिएको हो ।
हाम्रा धर्म र संस्कृति सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यादातृ सरस्वतीको पूजा आराधना गर्दा विद्यार्थीहरूमा पनि छुट्टै उर्जा मिल्ने बताए ।
यस्ता पर्वहरूले धैर्यता, एकाग्रता र उर्जा समेत प्रदान गर्ने उनको भनाइ छ । सरस्वती पूजामा विद्यार्थीसहित अभिभावक, शिक्षक तथा कर्मचारीहरू सहभागि थिए ।

संगालोखबर 













