संगालोखबर


विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङमा ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मोरङमा मनोनयन दर्ता गराएका १ सय १८ जनामध्ये ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिनेमा २ जना राजनीतिक दलका र ४ जना स्वतन्त्र उम्मेदवार रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मोरङको क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका दुर्गाप्रसाद दर्लामी र क्षेत्र नम्बर ६ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तिलकराम राजवंशीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

स्वतन्त्रतर्फबाट मोरङ क्षेत्र नम्बर ३ का सुरेश लिम्बू, कञ्चन न्यौपाने र दलबहादुर थापा तथा क्षेत्र नम्बर ६ का राम खत्रीले उम्मेदवारी फिर्ता लिएका कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा ४ बमोजिम उम्मेदवारी फिर्ता लिएका उम्मेदवारहरूको नाम आधिकारिक सूचीबाट हटाइएको छ ।

यसअघि मोरङको क्षेत्र नम्बर ४ बाट उज्यालो नेपाल पार्टीका विनोद परियार र क्षेत्र नम्बर ६ बाट जसपाका महमद जाविरको उम्मेदवारी रद्द भइसकेको छ ।

अब मोरङमा १ सय १० जना उम्मेदवार प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!