
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा लायन क्रिकेट एकेडेमीले पहिलो जित निकालेको छ । विराटनगरको मेलीवोन ज्वाला क्रिकेट मैदानमा भएको समूह ‘बी’ को अन्तिम खेलमा लायनले पहिलो जित निकालेको हो ।
आज भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीलाई लायनले ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रनको योगफल तयार पारेको थियो ।
डाइनामिकका लागि सागर मोचीले ३५ रन जोड्दा रितेश माझीले ३०, विवेक झाले २४ र रोशन कामतले १२ रन जोडे । लायनका सुवास मण्डल, सन्दिप ढकाल, गौरभ कटवाल र यथार्थ बचन यादवले १-१ विकेट लिए ।
जवाफमा १ सय २२ रनको लक्ष्य पाएको लायनले १५ दशमलव ३ बलमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । लायनका निरज ठाकुरले ४२ रन जोड्दा सकिव हकले ३१ रन र रुद्रप्रताप साहले अविजित १२ रनको योगदान दिए ।
डाइनामिकका सुवास राय र एसएस झाले १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच लायनका सकिव हक घोषित भए ।

संगालोखबर 













