
विराटनगर । मोरङको रंगेलीस्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका १ सय १ जना विद्यार्थी पुरस्कृत भएका छन् । विद्यालय सप्ताह अन्तरगत विभिन्न प्रतियोगितामा विजेता हुने विद्यार्थीलाई विद्यालयले सरस्वती पूजाको अवसरमा पुरस्कृत गरेको हो ।
उनीहरूलाई विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री, खेल शिक्षक विजय प्रभात खवास लगायतले प्रमाणपत्र र मेडलसहित पुरस्कार प्रदान गरेका थिए ।
यस्तै भलिबलतर्फ उत्कृष्ट क्याप्टेन पवित्रा प्रधानलाई सम्मान गरिएको विद्यालयका लेखापाल रजत साह सोनारले बताए । सरस्वती पूजा तथा खेल सप्ताहको अन्तिम दिन आज विद्यालयको प्राङ्गणमा विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

संगालोखबर 













