संगालोखबर


विराटनगर । विराटनगर-४ कोशी लोकमार्गस्थित एयरपोर्ट मोड नजिक बसले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा एयरपोर्ट मोडकी ७५ वर्षीया डम्बरकुमारी नेपालको मृत्यु भएको हो ।

आज दिउँसो करिब ३ः१५ बजे ढाटतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख ३३९९  नम्बरको बसले बाटो क्रस गर्दै गरेकी वृद्धालाई ठक्कर दिएको थियो ।

उनलाई तत्काल उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगिएकोमा ३ः३० बजे चिकित्सकले मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

बस चालक झापाको कनकाई नगरपालिका-३ का ३८ वर्षीय समिर भनिने देबु लुइटेललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!