संगालोखबर
फाइल तस्बिर

विराटनगर । सुनसरीको गढी गाउँपालिका-६ बाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढी गाउँपालिका-२ का ४२ को अतिम मियाँ र ३२ वर्षीय इन्तियाज मियाँ छन् ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको टोलीले दुवै जनालाई बुढीखोला नजिकबाट पक्राउ गरेको हो ।

विराटनगरबाट सुनसरी सदरमुकाम इनरुवातर्फ जाँदै गरेको बा २७ प १७६६ नम्बरको मोटरसाइकल रोकेर प्रहरीले चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा दुई वटा झोलामा राखेर मोटरसाइकलमा लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा ३५ किलो ८ सय ग्राम गाँजा बरामद भएको डीएसपी खड्काले बताए । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!