संगालोखबर


विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा इलाइट क्रिकेट क्लबले पहिलो जित निकालेको छ । विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीलाई १७ रनले पराजित गर्दै इलाइटले पहिलो जित दर्ता गरेको हो ।

टस जितेर ब्याटिङ गरेको इलाइटले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस ५४ रनको योगफल तयार पारेको थियो । इलाइटलागि सागर मल्लिकले ४१ रन बनाउँदा राजु विश्वकर्माले ४० रन बनाए ।

मिल्सका वैभव राजले ३ विकेट लिँदा सुधीर कामत, रेहान शेख, विधान गोस्वामी र नरेन्द्र कर्णले १-१ विकेट लिए । जवाफमा १ सय ५५ रनको लक्ष्य पछ्याएको मिल्सले पुरै ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउँन सक्यो । मिल्सका विधान गोस्वामीले सर्वाधिक ४२ रनको योगदान दिए ।

इलाइटका राजु विश्वकर्माले ३ विकेट लिँदा मनिष कामतले पनि ३ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच इलाइटका राजु विश्वकर्मा घोषित भए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!