संगालोखबर


विराटनगर । नेकपा एमालेका नेता विनोद ढकालले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ढकालले मनोनयन दर्ता गराएका हुन् ।

उनी मनोनयन दर्ताका लागि समर्थकहरूसँग निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँगको सङ्क्षिप्त कुराकानीमा उनले यस क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!