
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले धनकुटाका उम्मेदवार राजेन्द्र कुमार राई मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
समर्थक र बाजागाजासहितको र्यालीसहित राई सामुदायिक भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् । पार्टी कार्यालयबाट मदन चोक, भीमनारायण चोक हुँदै उनको समूह निर्वाचन कार्यालयमा पुगेको हो ।




तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

संगालोखबर 













