
विराटनगर । नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाउँदै टिकट वितरण गरेको छ । निकै चासोका साथ हेरिएको झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली स्वयम् उम्मेदवार छन् ।
यस्तै भोजपुरमा एमाले सचिव शेरधन राई र तेह्रथुममा पनि एमाले सचिव भानुभक्त ढकाल उम्मेदवार बनेका छन् । यस्तै सभामुख देवराज घिमिरे झापा–२ बाट र इलाम–२ बाट सुहाङ नेम्वाङले टिकट पाएका छन् ।
मोरङका क्षेत्र नम्बर १ बाट घनश्याम खतिवडा, २ बाट दिलीप दिलिप बगडिया, ३ बाट इरान राई, ४ बाट जीवन घिमिरे, ५ बाट मनोज अग्रवाल र ६ बाट विनोद ढकालले टिकट पाएका छन । यसैगरी धनकुटाबाट पूर्वमन्त्री समेत रहेका राजेन्द्र कुमार राईले टिकट पाएका छन् ।
झापा १ बाट रामचन्द्र उप्रेती, ३ बाट हरि राजवंशी र ४ बाट एलपी सावा उम्मेदवार बनेका छन् । इलाम–१ बाट काजिमान कागतेले टिकट पाउँदा सुनसरी १ बाट सूर्य पन्दाक, २ बाट रेवतीरमण भण्डारी, ३ बाट भगवती चौधरी र ४ बाट अबुल हुसेन चुनावी मैदानमा छन् ।
यस्तै उदयपुर १ बाट दुर्गा थापा स्वस्ति र २ बाट अमर रायमाझीलाई उम्मेदवार बन्दा पाँचथरबाट आइन्द्रसुन्दर नेम्वाङ, ताप्लेजुङबाट क्षितिज थेबे, सङ्खुवासभाबाट डा. अर्जुन कार्की, सोलुखुम्बुबाट कल्पना राई, ओखलढुङ्गाबाट अस्मिता थापा र खोटाङबाट देवविक्रम राईले टिकट पाएका छन् ।

संगालोखबर 













