
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । उनले आजको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
साम्पाङसँगै धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि पदबाट राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

संगालोखबर 













