संगालोखबर


विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा जारी विराटनगर क्रिकेट लिगमा सिद्धार्थ स्पोर्टिङ क्लब र विराट क्रिकेट एकेडेमी विजयी भएका छन् । आइतबार विराटनगरको मेरिवोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा दुबै टोली विजयी भएका हुन् ।

पहिलो खेलमा डाइनामिक क्रिकेट एकेडेमीलाई ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै सिद्धार्थले जित निकालेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सिद्धार्थले निर्धारित १८ ओभरमा ८ विकेट गुमाई १ सस ३७ रनको योगफल तयार पारेको थियो ।

सिद्धार्थकालागि अटल साहले रिटायर हर्ट हुनु पूर्व ४४ रन बनाएका थिए । अटलबाहेक फिर्दाेस अन्सारीले ४० र  रविन मण्डलले २९ रनको योगदान दिए । डाइनामिकका एसएस झाले ३ विकेट लिँदा विवेक झाले २ विकेट लिए ।

जवाफमा १ सय ३८ रनको लक्ष्य पछ्याएको डाइनामिकले १५ ओभरमा सबै विकेट गुमाई ६४ रनमा सीमित हुन पुग्यो । डाइनामिकका सुभास रायले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् ।

सिद्धार्थका फिर्दाेस अन्सारीले ३ विकेट लिँदा दुर्गेश मल्लिकले २ विकेट तथा दीपेश कँडेल र निरज मुखियाले १-१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच सिद्धार्थका फिर्दाेस अन्सारी घोषित भए ।

यस्तै समूह ‘ए’ अन्तरगत भएको अर्को खेलमा विराट क्रिकेट एकेडेमीले इलाइट क्रिकेट क्लबलाई ५१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सस ४१ रनको योगफल तयार पारेको थियो ।

विराटका लागि विशाल ढकालले अविजित ६० रनको योगदान दिँदा दीपक पासवानले १९ रन र लव कामतले १५ रनको योगदान दिए । इलाइटका  सोनु सिंहले २  विकेट लिँदा हरेराम सिंह र राजु विश्वकर्माले २-२ विकेट लिए ।

जवाफमा १ सय ४२ रनको लक्ष्य पछ्याएको इलाइटले १८ दशमलव २ बलमा सबै विकेट गुमाई ९० रनमा सीमित भयो । इलाइटका चतुरानन्द मेहताले १८ रन बनाउँदा सागर मल्लिकले पनि १८ रन बनाए ।

विराटका महबुब इराकीले ३ विकेट लिँदा श्रवण यादवले पनि ३ विकेट लिए । त्यस्तै दीपक पासवानले २ विकेट हात पारे  ।  खेलको प्लेयर अफ द म्याच विराटका विशाल ढकाल घोषित भए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!