
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनकुटामा राजेन्द्र राईलाई उम्मेद्वार बनाएको छ । एमाले केन्द्रिय कमिटीको सचिवालय बैठकले राईसहित देशभरका उम्मेद्वारको टुंगो लगाएको हो ।
केही दिनदेखि काठमाडौंमै रहेका राई टिकट पाएर जिल्ला फर्कदैछन् । ६ गते उम्मेद्वारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । राई यसअघि पनि धनकुटाबाट दुई पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

संगालोखबर 













