
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित जुरीखोला छेउको बाँस झ्याङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी-९ का ५७ वर्षीय जय किशोर साह, भोजपुरको हतुवागढी-३ घर भई हाल धरान बस्ने ५६ वर्षीय हेमन्त राई, मोरङको कटहरी गाउँपालिका-१ का ४२ वर्षीय सोनलाल राजवंशी र मोरङको सुन्दरहरैँचा-५ का ४७ वर्षीय इन्द्र आचार्य छन् ।
उनीहरूलाई आइतबार साँझ करिब ६ बजे जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको हो ।
जुवा खालबाट १६ थान कौडा र तीन लाख १३ हजार रुपैयाँ नगद बरामद भएको मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । प्रहरीले उनीहरूविरुद्ध जुवा ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी गरेको छ ।

संगालोखबर 













