
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट माध्यमिक विद्यालयमा आजदेखि वार्षिक स्पोर्ट्स मिट सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन नर्सरी देखि कक्षा तीन सम्मका विद्यार्थीहरूले विभिन्न स्पर्धाहरूमा भाग लिएका छन् ।
विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार कक्षा नर्सरीका लागि ‘ब्यालेन्स रेस’, ‘स्वीट रेस’ र ‘म्यूजिकल चेयर’ मा स्पर्धा गराइएको छ ।
यस्तै एलकेजीका विद्यार्थीहरूको ‘स्विटर रेस’ र ‘वेट पौरिङ’ र यू केजीका विद्यार्थीहरूले ‘बेलुन फुटाउने’, ‘रेडि टु स्कुल’ ‘म्युजिकल चेयर’ र ५० मिटर दौडमा स्पर्धा गरेका छन् ।

कक्षा एकका विद्यार्थीहरूले ‘बोतल भर्ने’, ‘म्युजिकल चेयर’, ‘म्याथ रेस’, ‘सियोमा धागो छिराउने’ र ५० मिटर दौडमा स्पर्धा गरेका छन् । यस्तै कक्षा दुई र तीनका विद्यार्थीहरूका लागि ५० मिटर र १ सय मिटर दौड तथा ‘म्याथ रेस’ र ‘मार्बल एण्ड स्पून रेस’ मा स्पर्धा गरेका छन् ।
स्पोर्टस् मिट अन्तर्गत कक्षा ४ र ५ का विद्यार्थीहरूले १ सय मिटर, २ सय मिटर दौड, ‘म्याथ रेस’ ‘मार्बल एण्ड स्पून रेस’ मा स्पर्धा गर्ने विद्यालयले जनाएको छ । यस्तै कक्षा ६ र ७ का विद्यार्थीहरूले लङजम्प, १ सय मिटर, २ सय मिटर दौड लगायतमा स्पर्धा गर्नेछन् ।
कक्षा ८ र ९ का विद्यार्थीहरूले लङजम्प, ज्याभ्लिन थ्रो, सटपुट, भलिबल, दौडका विभिन्न स्पर्धा, ट्रिपल जम्पमा स्पर्धा गर्नेछन् । माघ ७ गतेसम्म सञ्चालन हुने स्पोर्टस् मिटका विजेता खेलाडीहरूलाई विद्यालयको वार्षिकोत्सवका अवसरमा पुरस्कार प्रदान गरिने छ ।

संगालोखबर 













