संगालोखबर


विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोकिएको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा सिग्देललाई तोक्ने निर्णय गरेको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि सदस्य सचिव तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए । त्यस्तै आजको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा आसमान तामाङलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!