संगालोखबर


सुनसरी । सुनसरीको बर्जु गाउँपालिका-४ हरबनीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार पाँच सय ५४ किलो गाँजा बरामद गरेको हो ।

बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । गाँजा बरामद भएसँगै ओसार-पसारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उक्त गाँजा भारततिर तस्करी गर्न लागिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले पूर्वी पहाडी जिल्लाबाट गाँजा ल्याएको हुनसक्ने आशङ्का गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!