संगालोखबर


धनकुटा । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयले सञ्चालन गरेको ५१ औँ एनसीसी जुनियर डिभिजन तालिमको तेस्रो चरणमा ५ सय ३१ जना विद्यार्थी दीक्षित भएका छन् ।

बुधबार पूर्वी तालिम शिक्षालय याङसीला मोरङमा आयोजित दीक्षान्त कवाज समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो । शिक्षालयले कोशी, मधेश र बागमती प्रदेशका १८ विद्यालयका २ सय ६५ छात्र र २ सय ६६ छात्रालाई तालिम दिएको थियो ।

उक्त तालिम तीन सातादेखि संचालन भएको थियो । जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयका नवीन बिक छात्रतर्फ सर्वोत्कृष्ट भएका थिए । झापाको इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयकी विनिशा बस्नेत छात्रातर्फ सर्वोत्कृष्ट भइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!