संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-१४ जतुवाबाट प्रहरीले सडक किनारमा लुकाएर राखेको अवस्थामा अवैध सामान बरामद गरेको छ । आज बिहान इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले एक लाख ३४ हजार बढी मूल्य पर्ने सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार सडक छेउमा रहेको परालको कुन्यूभित्र शङ्कास्पद रूपमा लुकाइएको अवस्थामा सामान बरामद भएको हो । तस्करहरूले भन्सार छलेर ल्याएको सामान लुकाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बरामद गरिएका सामानहरूमा १२ कार्टुन रसगुल्ला, ८५ केजी चिनी र ग्यास चुलोमा प्रयोग हुने विभिन्न पार्टपुर्जाहरू छन् । बरामद रसगुल्लाको मूल्य ९२ हजार १६०, चिनीको ५ हजार १०० र ग्यास चुलोका पार्टपुर्जाहरूको ३७ हजार २ सय पर्ने प्रहरीको भनाइ छ ।

बरामद गरिएको सामानहरू इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । प्रहरीले बरामद भएको सामान आजै भन्सार कार्यालय रानीमा बुझाउने जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!