
विराटनगर । विराट आदर्श साहित्य मञ्चको अध्यक्षमा पुनः कटवाल दीपक चयन भएका छन् । आइतबार विराटनगरमा भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट कटवाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
यसैगरी उपाध्यक्षमा माधव काफ्ले र सुस्मिता रेग्मी, सचिवमा जीवन निरौला, सह-सचिवमा आभाष कोइराला, विनीता खत्री, कोषाध्यक्षमा नगेन्द्र खड्का, सह-कोषाध्यक्षमा रामचन्द्र मेहता चयन भएका छन् ।
यस्तै मिडिया संयोजकमा मोहन ढकाल चयन भएका छन् । सदस्यहरूमा आशिका कटवाल, अजय मण्डल, स्वस्तीका मल्ल, एलिसा गुरुङ, अर्चना थापा, आकृति फुयल र एलिजा ठाकुर चयन भए ।
यसैगरी सविता बाँस्तोला, सुवास शाह, हिमाल पोख्रेल, श्रीजेस कट्टेल, लकेश दंगाल, सन्दिप बराल, सन्तोष मेहता, नमुना आचार्य, आमोस राई र एलिसा गुरुङ पनि सदस्यमा चयन भएका छन् ।
मञ्चको सल्लाहकारमा भेषराज पोख्रेल, प्रम सुवाल, इन्द्र राई, रोहितजंग थपलिया र अर्जुन बस्नेत चयन भएका छन् । उनीहरूलाई प्राज्ञ विवश पोख्रेल, प्राज्ञ गंगा सुवेदी, मञ्चका संरक्षक मीनकुमार नवोदित लगायतले निर्वाचित भएको परिचय पत्र प्रदान गरेका थिए ।
कार्यक्रमका वक्ताहरूले मञ्चले गर्दै आएका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा थप काम गर्न सुझाव दिएका थिए । कार्यक्रममा प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेम सुवाल, हिसान मोरङका सल्लाहकार दिनेश दाहाल, वरिष्ठ उपाध्यक्ष टीएन तिम्सिना, मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपाने, साहित्यकार लगायतको उपस्थित थियो ।

संगालोखबर 
















