संगालोखबर


धनकुटा । धनकुटाको हिलेमा ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वी नारायण शाहको सालिक अनावरण गरिएको छ ।

श्री नं. २ वाहिनी अड्डामा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको नव निर्मित सालिक अनावरण गरिएको हो । एक कार्यक्रमबीच पूर्वी पृतनापति उपरथी गौरव कुमार केसीले सालिक अनावरण गरेका हुन् ।

नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा सम्पन्न गरेको तथा सोही अवसरमा सालिक अनावरण गरिएको श्री नं.२ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणाले जानकारी दिए ।

राष्ट्र निर्माता प्रति सलामी अर्पण गर्दै राष्ट्रिय एकताको भावना अझ सुदृढ हुने अपेक्षासहित सालिक स्थापना गरिएको उनको भनाइ थियो ।

श्री नं. २ वाहिनी अड्डाको पहल र निर्देशनमा, आन्तरिक तथा स्थानीय स्रोत साधनको प्रयोग गर्दै सकल दर्जाको अथक प्रयासबाट सालिक निर्माण गरिएको राणाले बताए । सालिक अनावरण कार्यक्रममा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!