संगालोखबर


धनकुटा । धनकुटाको हिलेमा ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वी नारायण शाहको सालिक अनावरण गरिएको छ ।

श्री नं. २ वाहिनी अड्डामा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको नव निर्मित सालिक अनावरण गरिएको हो । एक कार्यक्रमबीच पूर्वी पृतनापति उपरथी गौरव कुमार केसीले सालिक अनावरण गरेका हुन् ।

Advertisement

नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा सम्पन्न गरेको तथा सोही अवसरमा सालिक अनावरण गरिएको श्री नं.२ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी दिवाकर विक्रम राणाले जानकारी दिए ।

राष्ट्र निर्माता प्रति सलामी अर्पण गर्दै राष्ट्रिय एकताको भावना अझ सुदृढ हुने अपेक्षासहित सालिक स्थापना गरिएको उनको भनाइ थियो ।

श्री नं. २ वाहिनी अड्डाको पहल र निर्देशनमा, आन्तरिक तथा स्थानीय स्रोत साधनको प्रयोग गर्दै सकल दर्जाको अथक प्रयासबाट सालिक निर्माण गरिएको राणाले बताए । सालिक अनावरण कार्यक्रममा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!