
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट प्रहरीले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
आइतबार राति करिब ८ बजे सुनसरीको धरानतर्फ जाँदै गरेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्सलाई गाँजासहित नियन्त्रणमा लिएको हो । एम्बुलेन्सबाट ४ सय ५९ किलो ९ सय ६५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले एम्बुलेन्सलाई चेकजाँचका लागि रोक्न खोजेको थियो । तर नरोकी प्रहरी ब्यारिकेट समेत लडाउँदै चालकले एम्बुलेन्स अघि बढाएका थिए । पछ्याउँदै जाँदा भेडेटार गेट नजिकै एम्बुलेन्स छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर किशोर तामाङले जानकारी दिए ।
एम्बुलेन्सभित्र सेतो बोरामा कालो प्लाष्टिकले बेरेर प्याक गरिएको अवस्थामा १५ पोका गाँजा राखिएको थियो । एम्बुलेन्ससहित बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । एम्बुलेन्स धनी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 
















