
सुनसरी । सुनसरीको धरान-१६ बाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका-१ का २३ वर्षीय रोशन झा र १८ वर्षीय जय प्रकाश यादव छन् ।
को १८ प ४२५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा ९ हजार ९ सय १० क्याप्सुल प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 
















