संगालोखबर


सुनसरी । सुनसरीको धरानबाट घुमुवा प्रहरी हुँ भन्दै होटल तथा रेष्टुरेन्टहरूबाट रकम असुली गर्दै आएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ का ३५ वर्षीय धनबहादुर राई छन् ।

उनलाई शनिबार राति धरान-१८ बाट होटलहरूबाट रकम उठाउँदै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण राईले जानकारी दिए । उनले आफू इलाका प्रहरी कार्यालय धरानमा कार्यरत घुमुवा प्रहरी भएको बताउँदै रकम असुली गरेको खुलेको डीएसपी राईले बताए ।

Advertisement

भृकुटी र सोलु होटलमा रकम उठाउन पुगेका उनको गतिविधि शंकास्पद लागेपछि होटल व्यवसायीहरूले प्रहरीलाई जानकारी गराएका थिए । सोही आधारमा खटिएको प्रहरी टोलीले प्र-१-०२-०५९ प ३०७६ नम्बरको मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिइएको डीएसपी राईले संगालोखबरलाई जानकारी दिए ।

अनुसन्धानका क्रममा धनबहादुर प्रहरी नभएर सर्वसाधारण व्यक्ति रहेको पुष्टि भएको डीएसपी राईले बताए । उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!