संगालोखबर


विराटनगर । विराटनगर-११ स्थित बालकल्याण विद्यामन्दिरले आफ्नो ४२ औं वार्षिकोत्सवका अवसरमा शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । विगत २० वर्षदेखि कार्यरत सात जना शिक्षक तथा कर्मचारीलाई नगद १० हजारसहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा विनोदप्रसाद शाह, मुङ्गालाल मण्डल, जनककुमार पोखरेल, सविता खतिवडा, धनकुमारी चापागाईं, शोभा शर्मा र दिनेश पौडेल छन् ।

Advertisement

उनीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी दाहाल, विद्यालयका प्रिन्सिपल रविन दाहाल तथा भाइस प्रिन्सिपल अन्जली दाहालले संयुक्त रूपमा नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सो अवसरमा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयका प्रिन्सिपल दाहालले गुणस्तरीय शिक्षा तथा विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै आगामी दिनमा थप काम गर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!