संगालोखबर

विराटनगर । आगामी फागुन २१ गतेका लागि लय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मोरङ प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय मोरङले आज सूचना जारी गर्दै व्यक्तिगत रूपमा राखिएका हातहतियार तथा खरखजनाहरू माघ १० गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी गरिएको सूचनामा निर्वाचन सकिएपछि हातहतियार फिर्ता हुने जनाइएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, विश्वसनीय र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न हातहतियार बुझाउन आग्रह गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!