
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-८ स्थित सलकपुरमा बसको ठक्करबाट शिक्षकको मृत्यु भएको छ । बिहीबार साँझ सलकपुर बजार भएको दुर्घटनामा बेलबारी नगरपालिका-४ स्थित कसेनी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक ५० वर्षीय कमल कोइरालाको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०११ ख १६०२ नम्बरको बसले कोइराला सवार को ३१ प ५३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका कोइरालालाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बस चालक झापाको मेचीनगर नगरपालिका-१० का ४८ वर्षीय सन्तोष चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीब्र गतीमा रहेको बसका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

संगालोखबर 
















