
विराटनगर । विराटनगर-१५ बाट गाँजा बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले आमा-छोरासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतकी कविता यादव, उनका छोरा मुन्ना कुमार यादव र मोरङको जहदा गाउँपालिका-१ का मंजित कुमार यादव छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई सात किलो १८० ग्राम गाँजासहित पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
प्रहरीका अनुसार कविताले विराटनगर-१५ मा होटल सञ्चालन गर्दै आएकी थिइन् । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 
















