संगालोखबर

धनकुटा । नेवाः मिस दवू धनकुटा नगर कार्यसमितिको अध्यक्षमा बिसिका श्रेष्ठ निर्वाचित भएकी छन् । समितिको प्रथम अधिवेशनले बिसिकाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा किरण श्रेष्ठ, सचिवमा रुस्मी प्रधान, सह-सचिवमा उर्मिला महर्जन र कोषाध्यक्षमा रजनी श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा पुष्पा श्रेष्ठ, रेणुका श्रेष्ठ, रत्ना श्रेष्ठ, मनु घिमिरे श्रेष्ठ, अर्चना श्रेष्ठ, सिर्जना श्रेष्ठ, सुनिता श्रेष्ठ, अम्रिता श्रेष्ठ, सविन प्रधान र उषा श्रेष्ठ चयन भएका छन् ।

नेवाः मिस दवूले नेवारी समुदायमा एकता र आपसी सम्मानलाई आत्मसात् गर्दै नेवारी संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा समुदायको समग्र विकासका लागि काम गर्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!