संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारको बिहीबार बसेको बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ । बैठकले प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषद्को कार्यसम्पादनमा राय सुझाव, सल्लाह र मन्त्रिपरिषद्लाई सहयोग गर्न विभिन्न समिति बनाइएको छ ।

पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको संयोजकत्वमा कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकास मन्त्री प्रदिप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति बनाइएको छ ।

Advertisement

बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन समेत गरेको छ । त्यस्तै बैठकले कोशी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई तोकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!