संगालोखबर


विराटनगर । विराटनगर-११ रोडशेषस्थित भिन्तुना गीतगजलका सञ्चालकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गीतगजलका सञ्चालक विराटनगर–१२ का ३३ वर्षीय पर्शुराम कामत र सोही गीतगजलमा काम गर्ने विराटनगर-८ का २६ वर्षीय मनिष ठाकुर छन् ।

उनीहरूमाथि १६ वर्षीय बालिकालाई भारतीय नागरिकसँग यौन क्रियाकलाप गर्न लगाएको तथा एउटा कोठामा राखेर शारीरिक यातना दिएको आरोप छ ।

झापाको कनकाई नगरपालिका-१ घर भएकी (सांकेतिक नाम ०८२ विराटनगर ६७) बालिकालाई कोठामा राखेर यातना दिएको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।

बालिकालाई उद्धार गरेपछि उनले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

उनीहरूविरुद्ध मानव बेचविखन तथा शरीर बन्धक कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!