
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक तेह्रथुमको लालीगुराँस नगरपालिका-५ का २५ वर्षीय सुभास श्रेष्ठको मृत्यु भएको हो ।
शनिबार साँझ ६ः३० बजेतिर गछियाबाट चन्द्रसूर्य टोलतर्फ जाँदै गरेको को ३४ प ६४५४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

संगालोखबर 













