संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सडक पूर्वाधार निर्माण गर्दा दीर्घकालीन बनाउनुपर्ने बताएका छन् । आज विराटनगरमा सिमेन्ट उत्पादक संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पूर्वाधार निर्माण गर्दा बलियो र लामो समयसम्म टिकाउ हुने बनाउनुपर्ने बताएका हुन् ।

साना-साना कुरामा लोभिएर दीर्घकालसम्म हुने दिगो विकास गर्न नसकेको चर्चा गर्दै उनले दिगो विकास गर्नका लागि स्वदेशी कच्चा पदार्थलाई प्रयोग गर्दै गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिए ।

Advertisement

जेठ लागेपछि पिच बनाउन थाल्ने अनि असार नलाग्दै भत्किने भन्दा सिमेन्टको प्रयोगले लामो समयसम्म टिक्ने सडक पूर्वाधार बनाउनुपर्ने उनले बताए ।

कोशी प्रदेश सरकारले प्रदेशकै कच्चा पदार्थ उपयोग गर्ने गरी नीति ल्याउने तयारी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले यस वर्षदेखि कर्मचारीका लागि चाहिने पोशाक स्थानीय उत्पादन नै प्रयोग गर्ने तयारी भइरहेको बताए । मुख्यमन्त्री कार्कीले नकारात्मक भावना त्यागेर सकारात्मक भावना विकास गर्दै विकास निर्माण र समृद्धिमा लाग्नुपर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!