संगालोखबर

विराटनगर । नेकपा एमालेका सचिव हिक्मतकुमार कार्कीले अझै पनि चुनावका लागि उपयुक्त वातावरण निर्माण भइनसकेको बताएका छन् । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सचिव कार्कीले यस्तो बताएका हुन् ।

Advertisement

कोशी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव हुने अवस्था सृजना भइनसकेकाले तोकिएको समयमै चुनाव हुनेमा पनि आशंका व्यक्त गरे । चुनावले मात्रै मुलुकको विद्यमान समस्या समाधान गर्छ भन्ने ग्यारेन्टी नरहेको भन्दै उनले अहिले उठेका मागलाई संसद् पुनर्स्थापना गरेर पनि सम्बोधन गर्न सकिने स्पष्ट पारे ।

सांसद पुर्नस्थापनालाई एमालेले पहिलो प्राथमिकतामा राखेको भन्दै उनले चुनाव भएमा पनि एमाले दरो ढङ्गले सहभागि हुने उल्लेख गरे । जेनजी आन्दोलनको ध्वंशपछि एमाले धुलो टकटकाएर उठिसकेको बताउँदै उनले चुनाव हुँदा पनि एमाले अरुभन्दा शक्तिशाली सावित हुने दावी गरेका छन् ।

नेतालाई बधाई, पत्रकारलाई पुरस्कार

कार्यक्रममा २१ हजार राशीको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कारबाट उदयपुरकी पत्रकार रेणु पराजुलीलाई पुरस्कृत गरिएको छ । एमाले सचिव कार्की, प्रेस चौतारीका सचिव विक्रम लुँइटेल, जिल्ला अध्यक्ष चिना थापा लगायतले पराजुलीलाई नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेर पुरस्कृत गरे ।

त्यस्तै, हालै सम्पन्न नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा मोरङबाट प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्यमा निर्वाचित नेता जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत र दिलिप बगडियालाई कार्यक्रममा बधाई ज्ञापन गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!