संगालोखबर


विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत ९३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ विराटनगर सोसियलले जाडोको मध्यनजर गर्दै विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।

क्लबका अध्यक्ष लिला ढुंगेलले आगामी दिनमा समेत विद्यालयलाई आवश्यकता अनुसारको सहयोग गर्ने प्रतिवद्धता जनाए । २०२४ सालमा स्थापना भएको सो विद्यालयमा हाल ४ सय बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

Advertisement

अधिकांश विद्यार्थीहरू आदिवासी, जनजाति र सीमान्तकृत समुदायका छन । विद्यालयका सहायक प्रधानाध्यापक टंकबहादुर खत्रीले विद्यालयको भौतिक अवस्था तथा अन्य समस्याहरू जानकारी गराएका थिए ।

कक्षा १ देखि ८ सम्मका बाँकी विद्यार्थीहरूलाई पनि न्यानो कपडाको आवश्यक रहेको विद्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!