संगालोखबर


विराटनगर । सुनसरीको लौकहीमा सशस्त्रले चलाएको गोली लागेर मृत्यु भएका सिटी सफारी चालकको शव सडकमा राखेर प्रदर्शन भइरहेको छ । आक्रोशित स्थानीयको प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध भएको छ ।

गएराति करिब १ः१० बजे कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर स्थानीयले आज बिहानैबाट सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका हुन् । ‘पीडित परिवारसँग वार्ता भइसकेको थियो । उनीहरूले निष्पक्ष छानबिनको माग गरेका थिए’, सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले संगालोखबरसँग भने, ‘तर अर्को पक्षले सडकमा प्रदर्शन गर्न थालेपछी तनावपूर्ण अवस्था बनेको हो ।’

स्थानीयले दोशीलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै प्रर्दशन गरिरहेका छन् । स्थानीयको प्रदर्शनका कारण सवार-साधन आवत-जावत रोकिएको छ । भीडलाई सम्झाउने काम भइरहेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!