
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटारमा आजबाट १३ औँ फुड फेस्टिभल सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेर फुड फेस्टिभलको शुभारम्भ गरेका हुन् ।
होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा सुरु भएको फुड फेस्टिभल अर्थात खाना महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुनेछ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिएको महोत्सवमा विभिन्न जातीय तथा अर्गानिक खानाका परिकार राखिएको छ ।

यस्तै खाद्यान्न, नगदे र औद्योगिक बाली, फलफूल, तरकारी, आलु बाली तथा स्थानीय कृषि उत्पादनका स्टलहरू पनि राखिएको छ । पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको महोत्सव अवधिमा भेडेटारका धार्मिक तथा पर्यटकीय स्थलहरूमा पर्यटकहरूलाई पुर्याइने छ ।
फेस्टिभलमा करिब ६० हजार पर्यटक आउने र त्यसबाट करिब २ करोड ५० लाख आर्थिक कारोबार हुने आयोजकको लक्ष्य छ । फेस्टिभल उद्घाटनका क्रममा विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको छ ।







तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

संगालोखबर 
















