संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर-१४ मा मंगलबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक भारतको अररिया छोटी मस्जिदका २५ वर्षीय मोहमद राजाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटर पछाडि सवार सोही स्थानका २० वर्षीय मोहमद इमरान पनि घाइते भएका छन् । उनको कोशी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

विराटनगरबाट जोगबनीतर्फ जाँदै गरेको बीआर ३८ एम ११७८ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण स्कुटर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!