संगालोखबर


विराटनगर । बुधबारदेखि सुरु हुने प्रदेश स्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्न विराटनगर आएका गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

सुशासनको नारा दिनेहरू नै पार्टी खोलेर हिँडिरहेका छन् भन्ने प्रश्नमा उनले आफू त्यसमा सहभागि नभएको बताए । ‘म त्यसमा सहभागी छैन, यति मात्र भन्न सक्छु’, उनले भने ।

Advertisement

आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रणनीति र कोशी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गर्न भोलि विराटनगरमा सुरक्षा गोष्ठी हुँदैछ ।

गोष्ठीमा गृह मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूका साथै कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहनेछ ।

आज गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनी भएको जिल्ला प्रशासन कार्यालय मोरङको स्थलगत निरीक्षण गर्ने लगायतका कार्यक्रम छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!