
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ चपरमाडीस्थित लोहन्द्रा खोलामा एक युवतीको शव फेला परेको छ । आइतबार राति १० बजे ग्रामथान-६ की २६ वर्षीय पूजा माझीको शव फेला परेको हो ।
उनको डुबेर मृत्यु भएको अवस्थामा राति १० बजेतिर शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।
कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी चुडालले जानकारी दिइन् ।

संगालोखबर 













