संगालोखबर
फाइल तस्बिर

विराटनगर । सुनसरीको इटहरी-९ स्थित बीपी चोकमा ज्वाइँले सासुको विभत्स हत्या गरेका छन् । आइतबार साँझ ४० वर्षीय ज्वाइँ गणेश साह गुप्ताले ५६ वर्षीया सासु पबीमाया बयलकोटीको हत्या गरेका हुन् ।

हत्या आरोपमा गुप्तालाई राति नै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले जानकारी दिए ।

Advertisement

प्रहरीका अनुसार पबीमाया उपचारका लागि भोजपुरबाट इटहरी आएकी थिइन् । आज उनी घर फर्कने तयारीमा थिइन् । सोही कारण उनी आइतबार छोरी-ज्वाइँको डेरामा पुगेकी थिइन् ।

‘ज्वाइँ जतिखेरै रक्सी खाइरहने भएकाले सासुले नखान भन्दै सम्झाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ’, डीएसपी हमालले संगालोखबरसँग भने, ‘सोही क्रममा उनले ट्युबेलको ह्यान्डलले टाउकोमा प्रहार गरेर सासुको हत्या गरेको खुलेको छ । बाँकी अनुसन्धानपछि खुल्छ ।’

साहका दुई सन्तान रहेका र छोराछोरीको बिहे गर्ने बेला हुनलाग्यो रक्सी खाएर हुँदैन भनेर सासुले सम्झाएको खुलेको उनले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!