संगालोखबर


धनकुटा । धनकुटा नगरपालिका-४ देब्रेवासमा मदन आश्रित प्रतिष्ठानद्वारा संचालित बाल पुनर्स्थापना केन्द्रका बालबालिकाहरूलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाले शैक्षिक सामाग्री बितरण गरेको छ ।

शाखाको ३३ औं स्थापना दिवसको अवसरमा आज केन्द्रमा रहेका १३ जना  बालबालिकाहरूलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । बालबालिकाको शैक्षिक उन्नयनमा सहयोग होस् भन्ने उद्देश्यले सामाग्री बितरण गरिएको  शाखाका अध्यक्ष विदुर खवासले बताए ।

Advertisement

बालबालिकाहरूलाई एक/एक दर्जन पेन्सिल र कपी वितरण गरिएको छ । बालबालिकालाई पढ्न, लेख्न साथै शैक्षिक गतिविधिमा थप सहयोग पुग्ने अध्यक्ष खवासले बताए ।

२०५२ सालमा स्थापना भएको मदन आश्रित प्रतिष्ठानले २०५९ सालबाट बाल पुनर्स्थापना केन्द्र सञ्चालन गरी द्वन्द्वपीडित, असहाय तथा अनाथ बालबालिकाहरूलाई आश्रय दिँदै आएको छ ।

केन्द्रका सचिव कमल लामिछानेका अनुसार हाल पुनर्स्थापना केन्द्रमा १३ जना बालबालिकाहरू छन् । उनीहरूलाई खाने, बस्नेसहित पढाउने व्यवस्था पनि पुनर्स्थापना केन्द्रले गर्दै आएको छ । जसका लागि विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गर्दै आएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!