
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित रानीबाट श्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-६ का ४९ वर्षीय अरविन्द अग्रवाल छन् ।
आज बिहान करिब ११ः३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०४-००१ च ०१६४ नम्बरको सेतो रङको कारमा हुण्डीको रकम कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको हो ।
उनको कारबाट स्रोत नखुलेको १ हजार दरका ४ सय थान, ५ सय दरका ३ सय ६० थान र १ सय दरका २ सय थानसहित जम्मा ६ लाख रुपैयाँ बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

संगालोखबर 













