
विराटनगर । प्रतिबन्धित औषधिसहित विराटनगर र धनकुटाबाट ६ जना पक्राउ परेका छन् । विराटनगर-१२ का दिनेश राईलाई प्रतिबन्धित औषधी इस्पासमो ७ र २ पिस नाइट्रोजन ट्याबलेट सहित प्रहरीले नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उनलाई विराटनगर-२ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा-७ बाट सोही स्थानका विजय मल्लिक, रविन मल्लिक, धनकुटा-६ का प्रकाश रोक्का र झापाको मेचीनगर-९ का अतिप लिम्बुलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रतिबन्धित औषधी ट्रामोल १५३ पिस र स्पासपेन १६३ पिस सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यस्तै छथर जोरपाटी-३ बाट स्थानीय अर्बिन भट्टराईलाई प्रतिबन्धित औषधी ट्रामोल ८० पिस र स्पासपेन १०४ पिस सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी विराटनगर-४ नोबेल मेडिकल कलेज छेउबाट बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामाडोल ६ हजार पिस प्रहरीले नियन्त्रणमा लिइएको छ ।

संगालोखबर 













