संगालोखबर


सुनसरी । कोशी प्रदेश अन्तर्गत माध्यमिक तहमा अध्यापन गराउने ९० जना अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकलाई सुनसरीको इटहरीमा प्रशिक्षण दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डको आयोजना तथा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घको सहकार्यमा प्रशिक्षण दिइएको हो ।

नतिजा प्रकाशन, विश्लेषण ग्रिडको प्रयोग, आधुनिक प्रविधिको प्रयोग, सीप व्यावहारिक ज्ञान, प्रश्नपत्र निर्माणमा गोपनीयता तथा विश्वसनीयता सम्बन्धी विषयमा शिक्षकहरूलाई प्रशिक्षण गरिएको राष्ट्रिय परीक्षा बोर्डका उपनिर्देशक तथा कार्यक्रम संयोजक सुवास पन्तले बताए ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जङ्गबहादुर अर्यालले शिक्षकहरूले गुणस्तर वृद्धिका लागि तालिमबाट प्राप्त ज्ञान र सीप विद्यालय प्रयोग गर्न आग्रह गरे । कोशी प्रदेश राष्ट्रिय परीक्षा बोर्डका प्रमुख दामोदर चापागाईंले अबका दिनमा शिक्षकहरूले गुणस्तरीय शिक्षालाई चासोमा राखेर अघि बढ्नुपर्ने बताए ।

विषय विज्ञहरू डा. गणेशबहादुर सिंह, डा. मोहन पौडेल, सुभास पन्त, विश्व जोशी, सुशील खनाल लगायतले सहभागी शिक्षकहरूलाई सहजीकरण गरेका थिए ।

चालु आर्थिक वर्षमा पाँच सय विषय शिक्षकलाई देशैभरि तालिम दिइने र आउँदो आर्थिक वर्षमा देशका ७५३ वटै पालिकामा विषय शिक्षकहरूलाई प्रशिक्षण प्रदान गरिने राष्ट्रिय परीक्षा बोर्डले गराएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!