संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । विराटनगर-११ स्थित जनपथ टोलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा सुनसरीको गढी गाउँपालिका-२ का २३ वर्षीय शेखर यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गोल्डेन अस्पताल लगिएको थियो । त्यसपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएकोमा ९ः२५ चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

आज बिहान करिब ७ः३० बजे भित्री सडक खण्डमा दुर्घटना भएको मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपानेले संगालोखबरलाई जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०४-००२ प ०९७६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मृत्यु भएका यादवले २२०३ नम्बरको मोटरसाइकल चलाएका थिए । अर्को मोटरसाइकलका चालक विराटनगर-११ का ३९ वर्षीय सुदन भट्टराई सामान्य घाइते भएका छन् । उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!