
धनकुटा । धनकुटा नगरपालिका-१० उत्तरपानी स्थित श्री आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो बढेसँगै रोटरी क्लब अफ पशुपति काठमाडौंले न्यानो कपडा वितरण गरिएको हो ।
विद्यालयको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा एक लाख बराबरको ७० थान ट्रयाक सुट वितरण गरिएको हो । क्लबको तर्फबाट राजेश्वर बहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर कार्कीलाई न्यानो कपडा हस्तान्तरण गगरे ।
यस्तै विद्यालयका पूर्व प्रधानाध्यापक कमला दाहाल, शिक्षक भानुभक्त राई, सहयोगदाता राजेश्वर बहादुर श्रेष्ठ, शिक्षक हिमाल दाहाल, गुराँसे टी स्टेट, रोटरी क्लब अफ पशुपति काठमाडौं सहित श्रोत कक्षालाई सहयोग गर्ने तिन दर्जन बढी व्यक्ति तथा संस्थालाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक विनोद सुबेदीले जानकारी दिए ।
सो अवसरमा विद्यालयमा स्थापना गरिएको अक्षय कोषबाट छात्रवृत्ति प्रदान गरिएको छ । २०२४ सालमा स्थापना भएको विद्यालयमा हाल ९६ जना विद्यार्थी अध्ययनरत छन् ।

संगालोखबर 













