
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-८ स्थित चित्रेबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ कोपी चोकका ४६ वर्षीय प्रेम गुरुङ र तेह्रथुमको लालीगुराँस नगरापालिका-२ हुलाक टोलका ३१ वर्षीय तुलसी पौडेल छन् ।
मंगलबार साँझ शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ४ सय ३० मिलिग्राम ब्राउन सुगर फेला परेको धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













