संगालोखबर संवाददाता

एजेन्सी, २७ असोज । ग्लोबल हंगर इन्डेक्समा भारतको स्थिती उत्तर कोरिया, म्यान्मार, श्रीलङ्का र बंगलादेशभन्दा पनि खराब भएको टाइम्स अफ इन्डियाले बताएको छ ।

Advertisement

संसारभरीका विकासशील देशमा भोकमरीको समस्यामा इन्टरनेशनल फूड पोलिसी रिसर्च इन्स्टिच्यूटको तर्फबाट केही समयअघि जारी गरिएको रिपोर्टमा १ सय १९ देशमा भारत सयौं नम्बरमा छ ।

एसियाली मुलुकमध्ये भारत अफगानिस्तान र पाकिस्तानभन्दा अगाडि छ । पछिल्लो वर्ष ९७ औं स्थानमा रहेको भारत यसवर्ष तीन स्थान ओरालो लागेको हो । बाल कुपोषणले यो स्थितीलाई थप बढाउन सहयोग गरेको उक्त रिपोर्टमा बताइएको छ ।

हंगर इन्डेक्स विभिन्न देशमा मानिसहरुले खानेकुरा कसरी र कति पाउँछन् त्यो देखाउने साधन हो ।

‘ग्लोबल हंगर इन्डेक्स’ को सूचांक हरेक वर्ष ताजा आँकडासहित सार्वजनिक गरिन्छ । यो सूचांकमार्फत विश्वभरी भोकमरी चलिरहेको अभियानको उपलब्धि र विफलतालाई दर्साउने गर्दछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement