संगालोखबर


धनकुटा । एसईईमा उत्कृष्ट अंक ल्याउने धनकुटाका दुई विद्यार्थी नगदसहित सम्मानित भएका छन् । खतिवडा कुल वंश प्रतिष्ठान छथर जोरपाटी गाउँपालिकाले वार्षिक साधारण सभामा सम्मान गरेको हो ।

प्रतिष्ठानले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने महालक्ष्मी नगरपालिका-७ स्थित जनता माध्यामिक विद्यालय जितपुरकी स्वर्णीम पराजुली सम्मानित भएकी हुन् । उनले प्राविधिक धारतर्फ एसईईमा ३.९२ जिपिए ल्याएकी थिइन् ।

Advertisement

यस्तै साधारण धारतर्फ चौबिसे गाउँपालिका-७ स्थित बुधुक माध्यामिक विद्यालयबाट ३.७९ जिपिए ल्याउने किस्मत निरौला सम्मानित भएका हुन् । उनीहरूलाई नगद १०/१० हजार सहित सम्मान गरिएको प्रतिष्ठाका अध्यक्ष यज्ञप्रसाद खतिवडाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!